• रमाइलो गाँउ !:

    झ्याकु गाबिसको सेरा शेर्पा बस्ती
  • आहा हिमाल !

    चेर्दुङ्ग डाँडाबाट देखिएको गौरीशंकर हिमाल
  • कस्तो देखिन्छ ?

    दोलखाको लामावगर
  • थामी गाँउ

    आलम्पू गाबिसको थामी बस्ति
  • 4!

    ddddddddddd

Sunday, September 8, 2013

दोलखाको विकास

जीवन लामा
    विकास न चाहने व्यक्ति, समुदाय को नै पो होला र ? सबैले प्रत्यक्ष, अप्रत्यक्ष रुपमा विकास कुरा गरेकै हुन्छन् । चिया खाने ठाउँमा होस या राजनीतिक भाषणमा होस ।

    दोलखाको विकासमा भने तीव्रता छाएको छ । हुन त पहाडी जिल्लाहरुमा प्रकृतिले पनि साथ दिएको ठान्नु पर्छ । यहाँ खोलानालादेखि वनजंगल हिमालसम्मले साथ दिएको छ । दोलखालाई खुला संग्रहालयको रुपमा लिन सकिन्छ । धार्मिक, शैक्षिक, आदिवासी जनजातिको थलो, जलस्रोत, प्राकृतिकलगायतको स्थान दोलखा रहेकोले पनि खुला संग्रहालय भन्न सकिन्छ ।

आफै अगुवा, बाटो हगुवा

जीवन लामा
दोलखामा यसपटक निराशाजनक एसएलसी नतिजा आएपछि सबै निकाय चिन्तित बनेका छन् । आगामीवर्ष सुधार ल्याउनको लागि अहिलेदेखिनै वहस, छलफल गर्न थालेका छन् ।
दोलखाबाट यसवर्ष ३ हजार ६ सय १८ जना विद्यार्थी परीक्षामा सामेल भएकोमा ९८४ जनामात्र उतीर्ण भएका थिए । अर्थात दोलखामा २७ प्रतिशत विद्यार्थी मात्र उतीर्ण भएका छन् । यसैवर्ष दोलखाको ३ वटा विद्यालय शुन्य नतिजा प्राप्त गरेका छन् । जसमा बालोदय मावि कालिञ्चोक, जम्पाश्वरी उमावि बाबरे र हिमालय मावि खोपाचागु रहेका छन् ।

सञ्चारमाध्यममा दोलखा

जीवन लामा
    दोलखा सञ्चारमाध्यमले छाएको जिल्लाको रुपमा चिन्न थालेको छ । धेरै एफएम रेडियो र पत्रपत्रिकाले गर्दा सञ्चारमाध्यमले पूर्णता पाएको जिल्ला हो भन्न सकिन्छ । हालसम्म ५ वटा रेडियो र आधा दर्जनजत्ति पत्रिकाहरु प्रकाशनमा रहेका छन् ।

सुरीको सुरेल

    लोपोन्मुख अवस्थामा रहेका सुरेलहरु अहिले अन्तरजातीय विवाह गर्नेे संख्यामा वृद्धि हुँदै गएको छ । बढी मात्रमा युवाहरु यसतर्फ आकर्षित हुन थालेका हुन् । सुरेल जातिहरु थोरै हुनु र सोचेजस्तो केटी नपाउनाले अरु जातिको महिलाहरु विवाह गर्नेको संख्यामा वृद्धि भएको हो ।     काठमाडौलगायत अन्य क्षेत्रमा अध्ययनरत विद्यार्थीहरु र युवाहरुले भुजेल, कार्की, नेवार, खड्का र पाठक जातिका महिलाहरु बढी मात्रमा विवाह  गरेका छन् ।

केही तस्बिरहरु

चेर्दुङ्ग डाँडाबाट देखिएको गौरीशंकर हिमाल