• रमाइलो गाँउ !:

    झ्याकु गाबिसको सेरा शेर्पा बस्ती
  • आहा हिमाल !

    चेर्दुङ्ग डाँडाबाट देखिएको गौरीशंकर हिमाल
  • कस्तो देखिन्छ ?

    दोलखाको लामावगर
  • थामी गाँउ

    आलम्पू गाबिसको थामी बस्ति
  • 4!

    ddddddddddd

Sunday, September 8, 2013

सञ्चारमाध्यममा दोलखा

जीवन लामा
    दोलखा सञ्चारमाध्यमले छाएको जिल्लाको रुपमा चिन्न थालेको छ । धेरै एफएम रेडियो र पत्रपत्रिकाले गर्दा सञ्चारमाध्यमले पूर्णता पाएको जिल्ला हो भन्न सकिन्छ । हालसम्म ५ वटा रेडियो र आधा दर्जनजत्ति पत्रिकाहरु प्रकाशनमा रहेका छन् ।

    जिल्लामा ठूला ठूला उद्योग, कलकारखाना, व्यापार व्यवसाय नभए पनि सञ्चारमाध्यमहरु दुःखले प्रशारण÷प्रकाशनमा रहेको छ । त्यही २०÷३० हजार लगानी गरेर पसल सञ्चालन गरेको व्यापारीले दिएको ५०० को विज्ञापनले रेडियो चलाउनु पर्ने अवस्था छ । गाउँमा कुखुरा, बाख्रा पालेका किसानले दिएको ३ सयको विज्ञापनले रेडियो चलाउनु पर्ने अवस्था छ ।
    दोलखामा हाल कालिञ्चोक सामुदायिक एफएम, हाम्रो रेडियो, रेडियो शैलुङ, रेडियो हिमाली नियमित प्रशारणमा रहेका छन् भने रेडियो भीमेश्वर प्रशारणको तयारीमा छ । यी रेडियोहरु मध्ये कालिञ्चोक बाहेक अरु रेडियोहरुमा दलका व्यक्तिहरुले सहयोग गरेको धेरै प्रमाण छ । तर कालिञ्चोक एफएममा जुनसुकै पार्टीको सरकार आएपनि, जुनसुकै पार्टीको सभासद्, मान्य भएपनि एक रुपैयाँ पनि सहयोग गरेको अवस्था छैन । आनन्द प्रसाद पोखरेल र पशुपति चौलागाईले रु. १०÷१० हजार सहयोग गरेको इतिहास छ । तर ठूला भनाउदा राजनीतिक दलकै नेता, कार्यकर्ताले फालानोको रेडियो भनि दाग लगाउने काम गर्छन ।
    पहिला पहिला कही नबिगेमा शिक्षक जागिर खाने गर्थे भने अहिले रेडियोमा त्यो रोग सरेको छ । जसले रेडियोको बुझेका छैनन् तिनीहरुले रेडियो सञ्चालन गर्नु अनि जसले रेडियोको महत्व बुझेका छैनन् तिनीहरु रेडियोमा काम गर्ने गर्छन् । पहिला पहिला रेडियोमा काम गर्ने व्यक्ति भनेपछि इज्जत, सम्मान अनि प्रतिष्ठीत व्यक्तिको रुपमा लिने गथ्र्यो भने अहिले यस्ता व्यक्ति पनि रेडियोमा काम गर्ने भनि होच्याउने, अपमान गर्ने, खिस्टाउने गर्छन । हुन पनि किन नहोस त राजनीतिककर्मी, दलका कार्यकर्ता, शिक्षक, विद्यार्थी, कर्मचारी हरेकले आरजे बनेका छन् । जसमा कुनै न कुनै स्वार्थ लुकेका व्यक्तिहरु हुन्छन् । जसले गर्दा सिधा सोझा व्यक्तिहरुले कसको कुरा पत्याउने ? कुन रेडियोे सुन्ने ? अलमल परेका छन् ।
    राजनीतिक स्वार्थले खुलेका रेडियो भएका कारणले पनि राजनीतिक कुरा हुनु स्वाभिक हो । तर सञ्चालकदेखि कर्मचारीसम्म एउटै दलका व्यक्तिहरु हुुनु, एउटै दलका व्यक्तिहरुको लगानी हुनु र बाहिरी देखावटी सामाजिक संस्थाको नाम भएपनि भित्री आशाय दलको दर्शन जोडेको कारण पनि रेडियोमा रमाइलो बाहेक अरु के नै हुन्छ र ? जसले रेडियोको र बुझेका छैनन् त्यस्ता व्यक्तिहरुले सञ्चालन गरेको रेडियोको हालत के होला ? । आफूले जे बुझेको छ, जे जानेको छ त्यही पो गर्ने त । पौडी खेल्न नजान्ने मान्छेले पोखरीमा पस्दा के होला ? अहिले खुलेका रेडियोहरु यस्तै अवस्थाको छ ।
    हामी राजनीतिक दलका व्यक्तिहरुलाई गाली गर्छौ, शिक्षाको कुरा उठाउछौ । व्यक्तित्वको कुरा गर्छौ । व्यवहारिकताको कुरा गर्छौ तर रेडियोमा काम गर्ने व्यक्ति भन्दैमा सबै छुट हुनु पर्ने ठान्छौ । अर्कै संसारको, आकाशबाट झरेको, जमिनबाट उर्मेको ठान्छौ । न शैक्षिक सर्टिफिकेट चाहिन्छ, न लाइसेन्स, न कुनै तालिम ? एउटा कलम र नोट बुक बोक्दैमा पत्रकार ? एउटा क्यामेरा र रेकर्डर बोक्दैमा पत्रकार ? एउटा समाचार, लेख लेख्दैमा पत्रकार ? पत्रकार महासंघको सदस्य हुँदैमा पत्रकार ?
    पछिल्लो अवस्थामा पत्रकारको खोल ओढेर हिडेका पत्रकारहरुमा कमि छैन ।  पत्रकारको परिचय दिएपछि विभिन्न संघसंस्थामा रहने अनि हरेक कार्यक्रममा फोरम चाहिने, भाषण गर्नुपर्ने, फोन गरेर थर्काउनु पर्ने । मान, सम्मान चाहिने । यस्ता पाराले कहिले समाज परिवर्तन होला ? हाम्रो लेखनले नयाँ नेपाल के यही पाराले होला जस्तो लाग्छ ? आजै देखि अर्काको जीउमा जुम्रा हिडेको देख्ने तर आफ्नो आङमा भैसी हिडेको कहिले देख्ने ? धेरै ठाउँमा आवद्धता हुने । पद भोगी, सम्मानभोगी । ठेक्कापट्टादेखि पैसा आउने ठाउँजत्ति काही नछोड्ने अनि पत्रकारको कार्ड देखाउने ? अनि अर्काले गरेको काम जहिले पनि गलत देख्ने, भ्रम छर्ने तर आफूलाई चाहि दूधले नुहाएको ठान्ने ? पत्रकारको इज्जत, मान सम्मानमा कमि आउन नदिनको लागि एक पटक सोच्ने की ?

No comments:

Post a Comment