• रमाइलो गाँउ !:

    झ्याकु गाबिसको सेरा शेर्पा बस्ती
  • आहा हिमाल !

    चेर्दुङ्ग डाँडाबाट देखिएको गौरीशंकर हिमाल
  • कस्तो देखिन्छ ?

    दोलखाको लामावगर
  • थामी गाँउ

    आलम्पू गाबिसको थामी बस्ति
  • 4!

    ddddddddddd

Sunday, September 8, 2013

सुरीको सुरेल

    लोपोन्मुख अवस्थामा रहेका सुरेलहरु अहिले अन्तरजातीय विवाह गर्नेे संख्यामा वृद्धि हुँदै गएको छ । बढी मात्रमा युवाहरु यसतर्फ आकर्षित हुन थालेका हुन् । सुरेल जातिहरु थोरै हुनु र सोचेजस्तो केटी नपाउनाले अरु जातिको महिलाहरु विवाह गर्नेको संख्यामा वृद्धि भएको हो ।     काठमाडौलगायत अन्य क्षेत्रमा अध्ययनरत विद्यार्थीहरु र युवाहरुले भुजेल, कार्की, नेवार, खड्का र पाठक जातिका महिलाहरु बढी मात्रमा विवाह  गरेका छन् ।

    माथिको तस्बिर दोलखाको सुरी गाविस वडा नम्बर ७ मा बसोबास रहेका सुरेल जातिको वृद्धा महिलाहरुको बीचमा भर्खर विवाह गरेकी कार्की जातिका हुन । परिवर्तनशील युवा मञ्च नेपाल दोलखाले आयोजना गरेको २ दिने च्याउ खेती तालिममा सहभागी हुन आउनु भएको थियो ।
    दोलखा जिल्लामा सुरेल जातिको जनसंख्या १७६ रहेको छ । नेपाल सरकारले जनता आवास अन्तरगत १० वटा घर बनाई दिएका छन् । मासिक भत्ता जन्मिनसाथ प्रति व्यक्ति १ हजार पाउने गरेको छ । तर पछिल्लो अवस्थामा भने मासिक भत्ता रोकिएको छ । हालसम्म ११३ जनाले सुरेलको नाममा नागरिकता प्राप्त गरेका छन् ।
    सामान्य जीवन यापनमा दिन बिताई रहेका छन् । यस जातिलाई राज्यले मात्र नभई विभिन्न संघसंस्थाले कार्यक्रम गर्दै आएका छन् । अहिलेसम्म कोहीपनि माथिल्लो सरकारी ओहदामा पुग्न सकेका छैनन् । गुजारा चलाउनको लागि विदेशिने क्रम जारी छ । बढी मात्रमा छिमेकी देश भारतमा गएका छन् । युवाहरु शिक्षाले हिसाबले पनि पछि नै परेका छन् । एसएलसी उतीर्ण गरेका व्यक्तिहरु औलामा गन्ने छन् । उच्च शिक्षामा स्नातकसम्म अध्ययन गरेका भेटिन्छन् ।
    आफ्नो परम्परागत पेशा छोडिसकेका छन् । आधुनिक प्रविधिले गर्दा केही चेतनामा वृद्धि भएको छ । परम्परागतदेखि आधुनिक खेतीमा प्रवेश गरिसकेका छन् । बेमौसी खेती लगाउने र बजारीकरण गर्ने सम्ममा पुगेका छन् । छिमेकीमै भएपनि किनमेल गरी खाने चलन बढेको छ । घरवरिपरी हरियो सागपात, तरकारी, फलफुल लगाउने प्रतिष्पर्धा बढेको छ । नयाँ तरकारी खेती सम्बन्धी तालिम आएमा सिक्ने प्रतिष्पर्धा बढेको छ । आर्थिक, शैक्षिक, राजनीतिक र नेतृत्वको हिसाबले अगाडि बढ्नु  पर्छ भन्ने भावना जागृत भएको छ । 

No comments:

Post a Comment