• रमाइलो गाँउ !:

    झ्याकु गाबिसको सेरा शेर्पा बस्ती
  • आहा हिमाल !

    चेर्दुङ्ग डाँडाबाट देखिएको गौरीशंकर हिमाल
  • कस्तो देखिन्छ ?

    दोलखाको लामावगर
  • थामी गाँउ

    आलम्पू गाबिसको थामी बस्ति
  • 4!

    ddddddddddd

Sunday, September 8, 2013

आफै अगुवा, बाटो हगुवा

जीवन लामा
दोलखामा यसपटक निराशाजनक एसएलसी नतिजा आएपछि सबै निकाय चिन्तित बनेका छन् । आगामीवर्ष सुधार ल्याउनको लागि अहिलेदेखिनै वहस, छलफल गर्न थालेका छन् ।
दोलखाबाट यसवर्ष ३ हजार ६ सय १८ जना विद्यार्थी परीक्षामा सामेल भएकोमा ९८४ जनामात्र उतीर्ण भएका थिए । अर्थात दोलखामा २७ प्रतिशत विद्यार्थी मात्र उतीर्ण भएका छन् । यसैवर्ष दोलखाको ३ वटा विद्यालय शुन्य नतिजा प्राप्त गरेका छन् । जसमा बालोदय मावि कालिञ्चोक, जम्पाश्वरी उमावि बाबरे र हिमालय मावि खोपाचागु रहेका छन् ।

पहिलाको हेरी पछिल्लो अवस्थामा एसएलसी नतिजा निराशाजनक हुँदै गएको छ । यस्तो नतिजामा को हो त दोषी ? एकले अर्कोलाई दोष देखाउन अनि औला ठडाउन सजिलो छ तर जिम्मेवार हुन कोही तयार छैनन् ।
कार्यक्रममा धेरै जनाले धेरै विचार व्यक्त गरे । तर कारक तत्व यही हो भनि कसैले बताएनन् । कसैले शिक्षकलाई, कसैले विद्यार्थी स्वयमलाई अनि कसैले विद्यार्थी संगठनलाई त कसैले विद्यालय व्यवस्थापन समितिलाई । हुन त पानीमाथिको ओभानो बन्न खोज्ने पनि धेरै छन् ।
दोलखाको सन्दर्भमा एसएलसी परीक्षा निराशाजनक हुनुको कारण शिक्षक पनि एक हो । आफै अगुवा, बाटो हगुवा नभएका होइनन् । सामुदायिक रेडियो सञ्जालले आयोजना गरेको कार्यक्रममा अधिकांशले सो धारणा व्यक्त गरेका थिए । एक शिक्षक, जो राजनीतिक दलको नेता, सहकारी, सामुदायिक वन, उपभोक्ता समिति, नागरिक समाज, पत्रकार, व्यापारी, एनजीओकर्मी आदि पदमा रही कार्य गर्नुको साथै विभिन्न तालिम, गोष्ठीमा भाग लिने भएकाले शिक्षामा गुणस्तर कम भएको जनगुनासो छ । विद्यार्थीलाई असल र इमानदारी बन्ने पाठ सिकाउने शिक्षकहरु आफै आफ्ना पेशा बिर्सेर विभिन्न पेशामा आवद्ध भई कार्य गर्नु लजास्पद कुरा हो ।
सामुदायिक रेडियो सञ्जाल दोलखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमले १० बुँदे साझा प्रतिवद्धता जाहेर गरेको छ । जसमा मुख्य रुपमा शिक्षकहरु कुनैपनि राजनीतिक दलको पदमा रहन नहुने, व्यवसाय गर्न नहुने र नागरिक समाज, पत्रकारजस्ता पेशामा कार्य गर्न नहुने प्रतिवद्धतापत्र जाहेर गरेको छ भने भर्खरमात्र शिक्षा मन्त्रालयबाट एसएलसी नतिजालाई मध्यनजर गरी २३ बुँदे निर्देशन दिएको छ । जसमा शिक्षकले शिक्षा कार्यालयको स्वीकृतिबिना विभिन्न संघसंस्थाको आयोजनामा सञ्चालन हुने गोष्ठी, सेमिनारलगायतका कार्यक्रममा शिक्षकले सहभागी हुन नपाउने व्यवस्था छ ।

No comments:

Post a Comment