जीवन लामा
विकास न चाहने व्यक्ति, समुदाय को नै पो होला र ? सबैले प्रत्यक्ष, अप्रत्यक्ष रुपमा विकास कुरा गरेकै हुन्छन् । चिया खाने ठाउँमा होस या राजनीतिक भाषणमा होस ।
दोलखाको विकासमा भने तीव्रता छाएको छ । हुन त पहाडी जिल्लाहरुमा प्रकृतिले पनि साथ दिएको ठान्नु पर्छ । यहाँ खोलानालादेखि वनजंगल हिमालसम्मले साथ दिएको छ । दोलखालाई खुला संग्रहालयको रुपमा लिन सकिन्छ । धार्मिक, शैक्षिक, आदिवासी जनजातिको थलो, जलस्रोत, प्राकृतिकलगायतको स्थान दोलखा रहेकोले पनि खुला संग्रहालय भन्न सकिन्छ ।
सडकः अन्य जिल्लाको तुलनामा यातायातले दोलखा धेरै वर्ष पहिले सडक बनेको जिल्ला हो । कतिपय जिल्लामा भर्खर मात्र सडकले छोएको छ भने दोलखा २०४२ सालदेखिनै सडकको सहर बनेको थियो । भन्नको तात्पर्य सदरमुकामदेखि ५४ किलो मिटर टाढा रहेको जिरीमा समेत जमनामा पिज सडक बनेको छ । अहिले ५१ वटै गाविसनै सडकले छुएको छ । नगरपालिकाको धेरै स्थानमा सडक पीज बन्न थालेको छ । चरिकोटदेखि कालिञ्चोक महादेव मन्दिर जाने स्थान कुरी सम्मको लागि पीज हुने तयारीमा छ ।
शिक्षाः प्राय अधिकांश गाविसमा माविस्तरसम्मको अध्ययन हुन थालेको छ भने कतिपय गाविसमा एकै गाविसमा २ वटा मावि रहेको छ । ४२ भन्दा बढी गाविसमा उच्च मावि बनेको छ । १० भन्दा बढी कलेज रहेको छ । इलेक्ट्रिक, कृषि र निर्माण जस्ता प्राविधिक शिक्षालय बनेको छ । धेरै निजी विद्यालय रहेको छ । पत्रकारिता अध्यापन गर्ने जनकपुर अञ्चलमै एक मात्र कालिञ्चोक उच्च मावि रहेको छ भने अहिले गौरीशंकर बहुमुखी क्याम्पसमा समेत अध्यापन गर्दै आएको छ । साथै गौरीशंकर बहुमुखी क्याम्पसमा केही वर्षदेखि स्नाकोत्तरसम्मको पढाई पनि हुँदै आएको छ ।
स्वास्थ्यः दोलखाको सबै गाविसमा उपस्वास्थ्य चौकीको व्यवस्था छ । चरिकोट र सुरी गाविसमा प्राथमिक स्वास्थ्य केन्द्र बनेको छ । जिरी, सिंगटीमा अस्पताल बनेको छ । चरिकोटमा सुविधा सम्पन्न सरकारी अस्पताल निर्माणधीन अवस्था छ । ३ वटा (गौरीशंकर मोडल अस्पताल, च्छोरोल्पा अस्पताल, दोलखा सामुदायिक अस्पताल) निजी अस्पताल सञ्चालनमा रहेको छ । दोलखा बजारमा लाइन्स क्लवद्धारा सञ्चालित आँखा अस्पताल सञ्चालनमा रहेको छ । सिएमए, अनमि, स्टाफ नर्स सम्मको अध्ययन गर्ने स्वास्थ्य संस्था रहेको छ । डेण्टल अस्पतालहरु सञ्चालनमा रहेको छ ।
विुद्युतः बहुचर्चित तथा स्वदेशी लगानीमा बन्न लागेको माथिल्लो तामाकोशी जलविद्युत आयोजना यसै दोलखामा पर्दछ । ४५६ मेघावाट क्षमता रहेको उक्त आयोजना दोलखाको लामाबगर गाविसमा पर्दछ । यी लगायत दोलखामा १० भन्दा बढी साना जलविद्युतहरु निर्माण कार्य हुँदैछ भने सिप्रीङ्ग हाईड्रो पावर र चर्नावती हाइड्रोपावर सञ्चालनमा आइसकेको छ ।
धार्मिक स्थलः दोलखा धार्मिक हिसाबले अगाडि रहेको छ । भीमेश्वर मन्दिर, कालिञ्चोक, देउलाङ्गेश्वर, गाइखुरा, राम्बुले, देउढुङ्गा जस्ता महत्वपूर्ण धार्मिक स्थल रहेका छन् ।
पर्यटकीय स्थलः दोलखामा आन्तरिक तथा बाह्य पर्यटकहरु आगमन भएपछि एकपटक यी स्थानमा नपुगी सुखै छैन । जसमा शैलुङ, च्छोरोल्पा, जिरी, चेर्दुङ, हनुमन्ते, लामाबगर, विगु, आलम्पु आदि रहेका छन् ।
अध्ययन÷अनुसन्धानः दोलखा आदिवासी जनजातिको बाहुल्यता रहेको जिल्ला हो । नेपालको दोलखामा रहेको लोपोन्मुख जातिको रुपमा सुरीको सुरेल हुन् । त्यस्तै उद्गम जातिको रुपमा जिरेल र थामीलाई हुन् । यस जिल्लाबाट मात्र अन्य क्षेत्रमा गएको मानिन्छ । त्यस्तै दोलखाको नेवार जातिको भाषाको विषयमा पनि अनुसन्धान गर्ने क्रम बढेको छ । यी जातिको साथै अन्य जातिको बारेमा अहिले अध्ययन, अनुसन्धान गर्न विभिन्न निकायबाट आउने क्रम जारी छ ।

No comments:
Post a Comment